नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको बताएका छन्।
उनले भ्रष्टाचार गरेको प्रमाण कसैले लिएर आए राजनीतिबाट सन्यास लिने पनि बताए।
पार्टीनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको मंगलबार भएको महाधिवेशनमा बोल्दै उनले भ्रष्ट प्रवृत्तिका मान्छेलाई खादा र माला लगाएर कांग्रेस र देश उन्नतितर्फ बढ्न नसक्ने बताए।
‘भ्रष्ट प्रवृत्तिका मान्छेहरुलाई खादा र माला लगाएर न कांग्रेस उँभो लाग्छ, न देश उँभो लाग्छ। सिधा कुरा भन्छु म, धनराज गुरुङले कुनै एउटा मात्र ठाउँमा एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको छ भन्ने कुरा यदी लिएर आउँछ भने म राजनीतिबाट सन्यास लिन तयार छु,’ उनले भने।
उनले वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्मको सम्पत्ति छानबिन गरिनुपर्ने पनि बताए।



यसक्रममा कुश्मा नगरपालिका ८ का नेकपा एमालेका पार्टीको मुल नेतृत्वमा रहेका नेताहरु नेपाली काङ्ग्रेसमा प्रवेश हुनुभएको छ । प्रवेश गर्नेमा नेकपा एमाले चुवाका कार्यबाहक पार्टी अध्यक्ष हरि नारायण गिरी, नेकपा एमाले चुवाका सचिव रामचन्द्र परियार, ने क पा एमाले कुस्मा नगर सदस्य गणेश नेपाली,नेकपा एमाले चुवाको दलित मुक्ति समाजका अध्यक्ष उत्तम परियार,नेकपा एमालेमा आबद्ध मिलन परियार, टीकाराम पोख्रेल नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश गर्ने सबैलाई नेपाली काङ्ग्रेसका नेता एबम प्रतिनिधिसभाका उम्मेदवार अर्जुनप्रसाद जोशी, प्रदेश क का सभापति राजकुमार क्षेत्रीले नेपाली काङ्ग्रेसमा स्वागत गर्नुभयो ।
नेपाल प्रेस यूनियन पर्वतले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारले गाउँगाउँमा नागरिक सामू गरेका प्रतिबद्धता र नागरिकका अपेक्षाका बारेमा सूचना प्रवाह गर्ने उदेश्यले सूचना केन्द्र ‘ न्यूज डेस्क’ सञ्चालन गरेको छ । यूनियनले गठबन्धन दलमा आवद्ध सबै पत्रकार संगठनहरु लाई समेत सहभागी गराई हरेक वडा र बस्तीमा हुने चुनावी गतिविधि सहज र सरल रुपमा प्रचार गर्ने गरि सूचना केन्द्र स्थापना गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशी, उपसभापति शिव सुबेदी, कोषाध्यक्ष हेम शर्मा, सहसचिव एवं प्रवक्ता अच्युत तिवारी लगायत नेताहरु सहभागि थिए ।


